आफ्ना सबै सामग्री सहजै र सुरक्षित तरिकाले प्रयोग गर्ने सुविधा

जुनसुकै मोबाइल, ट्याब्लेट वा कम्प्युटरबाट आफ्ना फाइल र फोल्डरहरू भण्डारण गर्नुहोस्, सेयर गर्नुहोस् तथा तिनमा सहकार्य गर्नुहोस्।

ब्यानर
आइकन

तपाईंको सामग्री सुरक्षित र गोप्य राखिनुका साथै कहिल्यै पनि विज्ञापनको पर्सनलाइजेसनका लागि प्रयोग गरिएको छैन

तपाईं Drive का सहायताले आफ्ना फाइलमा भएका सामग्री इन्क्रिप्ट गर्न तथा सुरक्षित तरिकाले हेर्न र प्रयोग गर्न सक्नुहुन्छ। तपाईंसँग सेयर गरिएका फाइलहरू अग्रिम रूपमा स्क्यान गरिन्छ र ती फाइलमा मालवेयर, स्प्याम, र्‍यानसमवेयर वा फिसिङ सामग्री रहेको कुरा पत्ता लागेका खण्डमा ती फाइल हटाइन्छन्। यति मात्र कहाँ हो र! Drive क्लाउड नेटिभ एप भएका कारण फाइलहरू स्थानीय रूपमा भण्डारण गरिराख्नु पर्दैन जसले गर्दा तपाईंका डिभाइसहरूको सुरक्षा जोखिम कम हुन्छ।

ब्यानर
आइकन

सामूहिक कार्यलाई बढावा दिने सहकार्यमूलक क्लाउड नेटिभ एपहरू

Drive ले क्लाउड नेटिभ एपहरू Docs, SheetsSlides मा निर्बाध रूपमा काम गर्ने हुनाले तपाईंको टोली प्रत्यक्ष रूपमा प्रभावकारी ढङ्गले सहकार्य गर्न सक्छ। विद्यामान उपकरणबाट डेटा स्थानान्तरण नगरिकनै पहिलो दिनै सामग्री सिर्जना गरी आफ्नो टोलीसँग सेयर गर्नुहोस्।

ब्यानर
आइकन

तपाईंको टोलीले हाल प्रयोग गरिरहेकै संयन्त्र तथा एपहरूसँग समायोजन

Drive तपाईंको टोलीको विद्यमान प्रविधिसँग समायोजन हुन्छ र यसले त्यसकै पूरकको रूपमा काम गर्छ। फाइलको फर्म्याट नबदलिकन Microsoft Office फाइलहरूमा सहकार्य गर्नुका साथै PDF, CAD फाइल, फोटोलगायतका १०० भन्दा बढी प्रकारका फाइलहरू सम्पादन तथा भण्डारण गर्नुहोस्।

ब्यानर
आइकन

Google को AI र Search प्रविधिले तपाईंको टोलीलाई अझ छिटोछरितो रूपमा काम गर्न मद्दत गर्छ

Google का शक्तिशाली खोज सुविधाहरू Drive सँगै इम्बेड गरिएका छन्। यी सुविधाले तपाईंलाई अतुलनीय गति, कार्यक्षमता र विश्वसनीयता प्रदान गर्छन्। र प्राथमिकता जस्ता सुविधाहरूले तपाईं के खोजिरहनुभएको छ भन्ने कुराको अनुमान लगाउन तथा उपलब्ध सबैभन्दा सान्दर्भिक सामग्री देखाउन AI प्रयोग गर्छ। यसले तपाईंको टोलीलाई फाइलहरू भेट्टाउन लाग्ने समय ५०% सम्म घटाउन मद्दत गर्छ।

ब्यानर

जुनसुकै डिभाइसमा Drive प्रयोग गर्नुहोस्

Drive सबै प्रमुख प्लेटफर्महरूमा चल्ने भएकाले तपाईं आफ्ना सबै ब्राउजर, मोबाइल, ट्याब्लेट र कम्प्युटरमा निर्बाध रूपमा काम गर्न सक्नुहुन्छ।

आफूले काम गर्ने शैलीमा क्रान्ति ल्याउन हजारौँ टोलीहरू पहिलेदेखि Drive प्रयोग गरिरहेका छन्।

आइकन आइकन आइकन आइकन आइकन

प्रयोगकर्ताहरू प्रतिस्पर्धी उत्पादनहरूको तुलनामा Drive प्रयोग गर्न रुचाउँछन्

स्रोत: G2.com, Inc., फेब्रुअरी २०२०

4.7

4.3

4.2

4.2


Drive ले तपाईंको टोलीले हाल प्रयोग गरिरहेकै संयन्त्रहरूसँग समायोजित भएर काम गर्छ

सुरु गरौँ

आइकन

व्यक्ति

जुनसुकै मोबाइल, ट्याब्लेट वा कम्प्युटरबाट आफ्ना फाइल र फोल्डरहरू भण्डारण गर्नुहोस्, सेयर गर्नुहोस् र हेर्नुहोस्। तपाईं यसमा सुरुवाती १५ जि.बि. भण्डारण निःशुल्क प्राप्त गर्नुहुन्छ।

आइकन

टोलीहरू

सहकार्यका लागि बनाइएको क्लाउडमा आधारित अझ सुरक्षित प्ल्याटफर्मको सहायताले आफ्नो टोलीलाई अझ छिटो काम गर्न मद्दत गर्नुहोस्। यो प्ल्याटफर्म प्रयोग गरेर तपाईं सजिलैसँग फाइलहरू सेयर, भण्डारण तथा हेर्न सक्नुहुन्छ।

आइकन

इन्टरप्राइज

डेटाको गोपनीयताको सुरक्षा, eDiscovery तथा अभिलेखका लागि भल्ट र सुरक्षा केन्द्रको मद्दतले आफ्नो कम्पनीको डेटा सुरक्षित राख्नुहोस्।

स्रोतहरू