Google Drive को सहायताले आफ्नो टोलीसँग प्रभावकारी ढङ्गले सहकार्य गर्नुहोस् र काम चाँडै सकाउनुहोस्

Drive ले कसरी तपाईंको टोलीलाई काम चाँडै सकाउन मद्दत गर्न सक्छ भन्नेबारे जान्न यो भिडियो हेर्नुहोस्

आइकन

क्लाउडको मौलिक सहकार्य विशेष एपहरू समावेश गरिएका छन्

Docs

कुनै कागजातका सम्बन्धमा आफ्नो टोलीका सदस्य वा आफ्नो सङ्गठनबाहिरका अन्य व्यक्तिसँग सहकार्य गर्नुहोस्। उक्त कागजातमा गरिएका सबै परिवर्तनहरू एकै ठाउँमा सिंक हुने भएकाले सहकार्य गर्न सजिलो हुन्छ। उक्त कागजातमा टिप्पणीहरू गरेर वा सम्पन्न गर्नु पर्ने कार्यहरूमार्फत आफ्नो सामग्रीबारे संवाद सुरु गर्नुहोस्।

Sheets

डेटामा आधारित निर्णय गर्ने कार्य सबैका लागि सजिलो बनाउनुहोस्। टोलीका सबै जना मिलेर सुसूचित निर्णय लिन स्प्रेडसिटमार्फत डेटा विश्लेषण गर्नुहोस्, डेटालाई रेखाचित्र, चार्ट, आदिका रूपमा प्रस्तुत गर्नुहोस् र सेयर गर्नुहोस्।

Slides

परिष्कृत प्रस्तुतिहरूमार्फत आफ्नो उत्कृष्ट कामबारे प्रस्तुति दिनुहोस्। आफ्नो टोलीसँग मिलेर सजिलै प्रस्तुति सिर्जना गर्न तथा सम्पादन गर्न टेम्प्लेट तथा सुझावहरू प्रयोग गर्नुहोस्। सधैँ प्रस्तुतिको नवीनतम संस्करणमा सहकार्य गर्नुहोस्।

ब्यानर
आइकन

तपाईंको विद्यमान संयन्त्रसँग प्रयोग गर्न सकिन्छ

Microsoft Office

Microsoft Office फाइलहरूमा आफ्नो टोलीसँग सहकार्य गर्नुहोस्। फाइलको फर्म्याट रूपान्तरण गर्नु पर्दैन। Office फाइलहरूको वास्तविक समयको उपस्थिति नामक सुविधाका सहायताले टोलीका एकभन्दा बढी सदस्यहरू फाइलको संस्करण नियन्त्रण गर्न समस्या हुनेबारे चिन्ता नगरिकन एउटै फाइलमा काम गर्न सक्छन्।

अन्य संयन्त्रहरू

Drive तपाईंको टोलीले प्रयोग गरिरहेको हुन सक्ने Adobe, Atlassian, Docusign, Salesforce, Slack लगायतका दर्जनौँ अतिरिक्त संयन्त्र तथा एपहरूसँग पनि प्रयोग गर्न मिल्छ।

१०० भन्दा बढी प्रकारका फाइलहरू

Docs, Sheets, Slides र Microsoft Office फाइलका साथसाथै Drive मा PDF, CAD फाइल, फोटो, भिडियोलगायतका १०० भन्दा बढी प्रकारका फाइलहरू भण्डारण तथा सिंक गर्न सकिन्छ।

ब्यानर
आइकन

Google AI र Google खोजमा प्रयोग हुने प्रविधिमा आधारित

Drive ले तपाईंले दैनिक प्रयोग गर्ने Google खोजको उही शक्तिशाली तथा सटीक प्रविधि प्रयोग गर्छ। यस प्रविधिले तपाईंको टोलीलाई छिटो तथा छरितो ढङ्गले सही सामग्री फेला पार्न सघाउँछ।

प्राथमिकता

प्राथमिकता नामक सुविधाले तपाईंले के खोजिरहनुभएको छ भन्ने कुराको अनुमान लगाउन तथा त्यस बखत उपलब्ध सबैभन्दा सान्दर्भिक सामग्री देखाउन आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गर्छ। यसले तपाईं र तपाईंको टोलीलाई फाइलहरू भेट्टाउन लाग्ने समय ५०% सम्म घटाउन मद्दत गर्छ।

अन्वेषण गर्नुहोस्

अन्वेषण गर्नुहोस् नामक सुविधाको सहायताले तपाईं अझ छिटो तथा प्रभावकारी ढङ्गले सामग्री सिर्जना गर्न सक्नुहुन्छ। यसको सहायताले तपाईंको टोलीका सदस्यले स्वभाविक ढङ्गले डेटाबारे प्रश्नहरू सोध्न र तपाईंका फाइलहरू सजिलै फेला पार्न तथा तिनमा सिफारिस गरिएका सामग्री थप्न सक्छन्।

ब्यानर

अतिरिक्त सुविधाहरू

आइकन

ड्राइभको फाइल स्ट्रिम

Drive मा भएका फाइलहरू क्लाउडबाट सीधै आफ्नो Mac वा PC मा स्ट्रिम गर्नुहोस्। यसका लागि फाइल डाउनलोड गर्नु पर्दैन। त्यसैले, उक्त फाइलले यन्त्रको भण्डारण प्रयोग गर्दैन र नेटवर्कको व्यान्डविथमा खासै असर पर्दैन। तपाईं वा तपाईंका सहकर्मीले गर्ने कुनै पनि परिवर्तनहरू स्वतः अपडेट तथा सिंक हुन्छन्। त्यसकारण तपाईंसँग सधैँ फाइलको नवीनतम संस्करण हुन्छ।

आइकन

साझा ड्राइभहरू

टोलीका सदस्यहरूले आफ्ना सामग्री सजिलै भण्डारण गर्न, खोज्न तथा प्रयोग गर्न सक्ने साझा ठाउँ। साझा ड्राइभमा भएका फाइलहरू कुनै एक व्यक्तिको नभई पूरै टोलीको हुन्छ। त्यसकारण तपाईंको टोलीले जुनसुकै बेला आफ्नो काम गर्न चाहिने फाइलहरू प्रयोग गर्न सक्छन्।

आइकन

डेटाको नोक्सानी निवारण (DLP)

आफ्नो टोलीका सदस्यहरूलाई टोलीबाहिरका मान्छेहरूसँग संवेदनशील सामग्री सेयर गर्न नदिनुहोस्। Drive ले फाइलमा संवेदनशील जानकारी छ कि भनी जाँच गर्न फाइलहरू स्क्यान गर्न तथा तपाईंको सङ्गठनबाहिरका मान्छेलाई सो फाइल हेर्न तथा प्रयोग गर्न रोक लगाउन सक्छ।

आइकन

अफलाइन प्रयोग

तपाईंको यन्त्र इन्टरनेटमा कनेक्ट भएको छैन भने पनि पीर नमान्नुहोस्। तपाईं आफ्नो यन्त्र इन्टरनेटमा कनेक्ट नभएका बेला पनि Docs, Sheets र Slides मा फाइल सिर्जना गर्न, हेर्न तथा सम्पादन गर्न सक्नुहुन्छ। तपाईंले अफलाइनमा गर्नुभएका परिवर्तनहरू तपाईं इन्टरनेटमा कनेक्ट हुने बित्तिकै सिंक हुने छन्।

आइकन आइकन

सुरु गरौँ

आइकन

व्यक्ति

जुनसुकै मोबाइल, ट्याब्लेट वा कम्प्युटरबाट आफ्ना फाइल र फोल्डरहरू भण्डारण गर्नुहोस्, सेयर गर्नुहोस् र हेर्नुहोस्। तपाईं यसमा सुरुवाती १५ जि.बि. भण्डारण निःशुल्क प्राप्त गर्नुहुन्छ।

आइकन

टोलीहरू

सहकार्यका लागि बनाइएको क्लाउडमा आधारित अझ सुरक्षित प्ल्याटफर्मको सहायताले आफ्नो टोलीलाई अझ छिटो काम गर्न मद्दत गर्नुहोस्। यो प्ल्याटफर्म प्रयोग गरेर तपाईं सजिलैसँग फाइलहरू सेयर, भण्डारण तथा हेर्न सक्नुहुन्छ।

आइकन

इन्टरप्राइज

डेटाको गोपनीयताको सुरक्षा, eDiscovery तथा अभिलेखका लागि भल्ट र सुरक्षा केन्द्रको मद्दतले आफ्नो कम्पनीको डेटा सुरक्षित राख्नुहोस्।

स्रोतहरू